Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, सबै आवेदकले पाए न्यूनतम ४० कित्ता  

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, सबै आवेदकले पाए न्यूनतम ४० कित्ता  


  • 4.7K
    Shares

    मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, सबै आवेदकले पाए न्यूनतम ४० कित्ता  
    images

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि सोमबार आईपीओ बाँडफाँट गरेको छ। 

    कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ सोमबार बाँडफाँट गरेको हो। विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम सेयर दिइएको छ। 

    १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरु मध्येबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्तासम्म सेयर हात पारेका छन्। 

    त्यस्तै, आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकमध्येबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले सेयर पाएका छन्। 

    आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म सेयर पाएका छन्। 

     

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १२:०८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij