Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

देउवाले बोलाए मन्त्रिपरिषद्‍को बैठक, अध्यादेश फिर्ताको तयारी 

देउवाले बोलाए मन्त्रिपरिषद्‍को बैठक, अध्यादेश फिर्ताको तयारी 


  • 4.6K
    Shares

    देउवाले बोलाए मन्त्रिपरिषद्‍को बैठक, अध्यादेश फिर्ताको तयारी 
    images

    काठमाडौँ । प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक डाकेका छन् । अपराह्न ४ बजे सिंहदरबारमा डाकिएको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष फिर्ता पठाउने निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।

    अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

    नेकपा एमाले र जसपा विभाजन सहज हुने गरी  संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी सरकारले अध्यादेश ल्याएको थियो । त्यसको प्रयोजन सकिएकाले त्यसलाई निष्क्रिय पारेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।

    अध्यादेश फिर्ता हुनेवित्तिकै देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आजको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस निर्णय पनि लिन सक्ने  जनाइएको छ ।

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - ११:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij