Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वडा दशैंंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

वडा दशैंंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना


  • 5.9K
    Shares

    वडा दशैंंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

    काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ । 

    यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सयसम्मको छुट  प्राप्त गर्न सक्नेछन् । 

    त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी इएकआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “First come first serve” को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।  

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १६:५६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij