२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६१ अंकले घटेको छ ।
नेप्से २.१७ प्रतिशतले घटेर २७५८.४८ विन्दुमा आइपुग्यो । २३३ कम्पनीका एक करोड ४४ लाख बराबर कित्ता सेयर ६ अर्ब ५० करोड रुपैयाँमा खरिद–बिक्री भयो ।
यस दिन म्युचुअल फन्डबाहेक अरू कारोबार भएका सबै समूहमा गिरावट आयो । जीवन बीमा समूह सबैभन्दा उच्च ३७१ अंकले घट्यो भने निर्जीवन बिमा समूहमा पनि ३५६ अंकको गिरावट आयो । यस दिन पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij