Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, सोमवारदेखि कारोबारमा आउने


  • 6.1K
    Shares

    मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, सोमवारदेखि कारोबारमा आउने
    images

    काठमाडौं । भदौ ७ गतेनै बाँडफाँट भएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर असोज १० गते आइतवार सूचीकृत भएको छ । कम्पनीले संस्थापक तर्फको ७ लाख कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९३ हजार ७५० कित्ता गरी कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृ गराएको हो ।  

    एमएलबिएस स्टक संकेतबाट सूचीकृत यो शेयर सोमवारदेखि कारोबारयोग्य हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू १३२ दशमलव ६९ देखि अधिकतम रू ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज तोकेको छ ।

    नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ । मानुषी लघुवित्तको आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको बास्तविक नेटवर्थ रू १३२ दशमलव ६९ रहेको छ । 

    कम्पनीले सर्वसाधारणमा साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरी भदौ ७ गते बाँडफाँट गरेको छ । सर्वसाधारणमा कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ वितरण गरेको हो ।

    कुल कित्तामध्य ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

    आइपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू १० करोड ९३ लाख ७५ हजार पुगेको छ । कम्पनीको शेयरमा संस्थापक तर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत स्वामित्व रहेको छ ।
     

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १४:५१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij