Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

साहस उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन

साहस उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन


  • 4.1K
    Shares

    साहस उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन
    images

    काठमाडौं। असोज ६ गतेदेखि निष्कासन तथा विक्री खुला भएको साहस उर्जा लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ ।

    कम्पनीको आईपीओमा शुक्रवार २ बजेसम्म १७ लाख १६ हजार जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त समयसम्म २ करोड ४६ लाख कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारणको लागि माग गरेभन्दा ३ दशमलव ८१ गुणा बढी हो ।

    उक्त कम्पनीले भदौ ६ गतेदेखि ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् ।

    कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै आज अर्थात् आइतवार निष्कासन बन्द हुने भएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १४:२८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij