Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एमाले स्थायी कमिटी बैठक जारी, स्थायी कमिटी सकिएलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने

एमाले स्थायी कमिटी बैठक जारी, स्थायी कमिटी सकिएलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने


  • 3.0K
    Shares

    एमाले स्थायी कमिटी बैठक जारी, स्थायी कमिटी सकिएलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने
    images

    काठमाडौं । एमाले स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति  प्रतिष्ठानको भवनमा जारी छ।

    केन्द्रीय कमिटीमा उठेका विवादित विषयलाई कसरी निरुपण गर्ने भन्ने विषयमा बैठकमा छलफल भइरहेको एक नेताले जानकार दिए। उनका अनुसार स्थायी कमिटी सकिएलगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ। 

    यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन मस्यौदामाथि केन्द्रीय कमिटी बैठकमा छलफल चलिरहेको छ। १० वटा समूह बनाएर प्रतिवेदनमाथि छलफल भए पनि केही विषयमा भने केन्द्रीय सदस्यहरूले असहमति जनाएका थिए। 

    शुक्रबार सुरु भई शनिबार सकिने भनिएको केन्द्रीय कमिटी बैठक आज (आइतबार) सम्मका लागि लम्बिएको छ। उमेर हद, पदाधिकारी संख्यालगायत विषयमा टुंगो लगाउन नसकेपछि आजसम्मका लागि लम्ब्याइएको हो। 

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १३:५०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij