Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कांग्रेसको १४औँ महाधिवेशन : डोल्पामा निर्वाचन अधिकृत खटाइयो, ५४ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्‍न

कांग्रेसको १४औँ महाधिवेशन : डोल्पामा निर्वाचन अधिकृत खटाइयो, ५४ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्‍न


  • 4.8K
    Shares

    कांग्रेसको १४औँ  महाधिवेशन : डोल्पामा निर्वाचन अधिकृत खटाइयो, ५४ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्‍न
    images

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबारबाट ५४ स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारबाट ६४ जिल्लामा स्थानीय तहको निर्वाचन सुरु भएको हो। 

    निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बाँकी १० जिल्लामा लगातार निर्वाचन हुने र १६ असोजभित्र पालिका अधिवेशन सम्पन्न हुने नयाँ पत्रिकालाई जानकारी दिए। त्यसबाहेक बाँकी १३ जिल्लामध्ये हिमाली जिल्ला डोल्पामा निर्वाचन निर्वाचन गर्न निर्वाचन अधिकृत खटाइएको छ।

    ‘हिमाली जिल्लामा निर्वाचन गर्ने सहमतिअनुसार वडा तहदेखि अधिवेशन सम्पन्न गर्न चन्द्र लुइँटेललाई निर्वाचन अधिकृतको रूपमा खटाइएको छ,’ उनले भने। त्यसबाहेक १२ जिल्लाको सन्दर्भमा भने पुनर्तालिकीकरण गरेर निर्वाचन तालिका सार्वजनिक गरिने उनले जानकारी दिए।

    ‘डोल्पाको रोक्न नमिल्ने भएकाले पुरानै कार्यतालिकाअनुसार निर्वाचको प्रक्रिया सुरु भयो । बाँकी १२ वटै जिल्लाको विवरण आएपछि पूर्नतालिकीकरण गरेर एकमुष्ट निर्वाचन गराउँछौँ।’

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १२:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij