Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मलेसियामा श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही

मलेसियामा श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही


  • 8.7K
    Shares

    मलेसियामा श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही

    मलेसिया । मलेसिया सरकारले आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि  विदेशी श्रमिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने नियम लागू गर्ने भएको छ ।

    आफ्नो कम्पनीमा कार्यरत श्रमिकको रोजगारदाताले नै कोरोना परीक्षण गर्नुपर्ने भनिए पनि नगरेको पाइएको भन्दै मलेसिया सरकारले जनवरी १ देखि श्रमिकको कोरोना परीक्षण गर्नुपर्ने र नगरिदिने रोजगारदातालाई कारबाही गरिने बताएको छ ।

    डिसेम्बर १ देखि नै मलेसिया सरकारले क्लालाम्पुर, पेनाङ, नेग्री सेम्बिलान र सभा राज्यका सबै क्षेत्रमा काम गर्ने श्रमिकको कोरोना परीक्षण रोजगारदाताले गर्नुपर्ने बताएको थियो । तर अहिले पनि धेरै रोजगारदाताले श्रमिकको कोरोना परीक्षण गर्न आनाकानी गरेको पाइएको छ ।

    तर अब जनवरी १ देखि भने श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही हुने मलेसिया सरकारले बताएको छ ।

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १६:०७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij