Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल 

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल 


  • 3.7K
    Shares

    सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल 
    images

    काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक आइतबार सरकारी निवास बालुवाटारमा जारी छ । आजको बैठकमा मन्त्रिपरिषद् विस्तार गर्ने बिषयमा केन्द्रित रहेर छलफल भइरहेको छ।  
     
    बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल लगायतको सहभागी रहेको छ । 

    प्रधानमन्त्री बनेको लामोसमयबित्दा पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनसकिरहेका छैनन् । मन्त्रालय भागवण्डामा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ । गत असोज ६ गते देउवाले डा. नारायण खड्कालाई मात्र परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए ।

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १२:३२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij