२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्काले भारतीय विदेशीमन्त्री एस जयशंकरलाई भेट गर्ने भएका छन् ।
परराष्ट्रमन्त्री ड्का र भारतीय विदेशीमन्त्री जयशंकरबीच आइतबार बेलुकी ९ बजेतिर भेटवार्ता हुने बताइएको छ । उनीहरुबीच नेपाल-भारत सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जनाइएको छ ।
यसअघि शनिबार परराष्ट्रमन्त्री खड्काले बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा केन्द्रित रहेको थियो । दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएको उक्त नियोगले जनाएको छ ।
असोज ६ गते परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि न्युयोर्क गएका खड्का अहिले भेटवार्तामा व्यस्त छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहँ गएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij