Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इजरायलमा ‘केयरगिभर’का लागि १६०० जना सिफारिस (सूचीसहित)

इजरायलमा ‘केयरगिभर’का लागि १६०० जना सिफारिस (सूचीसहित)


  • 6.5K
    Shares

    इजरायलमा ‘केयरगिभर’का लागि १६०० जना सिफारिस (सूचीसहित)

    इजरायलमा ‘केयरगिभर’का लागि १६०० जनाको नाम सिफारिस भएको छ । आइतबार बिहान वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट १६०० को नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उर्तीण गरी अन्तरवार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको हो।
     
    अब इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ। त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।

    यसका लागि अहिले छनोट भएका एक हजार छ सयमध्येबाट एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ। छानिएका कामदार जाँदा लाग्ने शुल्क रोजगारदाताले नब्यहोरेमा कामदार स्वयंले भिसा र टिकटलगायत खर्चका लागि करिब १ लाख ६५ हजार तिर्नुपर्ने हुन्छ ।
     
    यसपटक छानिएका कामदारहरूले व्यक्तिको घरमा नभई नर्सिङ होम तथा केयर होमलगायत संस्थाका लागि काम गर्नेछन् । भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ।

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १०:४४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij