Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

असोज १५ गतेदेखि आईपिओ निष्काशन गर्दै न्यादी हाइड्रोपावर

असोज १५ गतेदेखि आईपिओ निष्काशन गर्दै न्यादी हाइड्रोपावर


  • 5.2K
    Shares

    असोज १५ गतेदेखि आईपिओ निष्काशन गर्दै न्यादी हाइड्रोपावर
    images

    न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

    कम्पनीले यसअघि नै भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओ को बाँडफाँड आज असोज ६ गते गरेको थियो । लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीहरुले यहि भदौ १५ गतेसम्म आइपीओमा आबेदन दिएका थिए। 

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

    निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २९ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    उक्त सेयरमा सर्वसाधारणले असोज १५ गतेदेखि असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

    कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

    कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

    कम्पनीले नागरिक लगानी कोषलाई सेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको हुनाले सेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको सेयर कोषले  खरिद गर्ने छ । कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ भने कम्पनीमा बुटवल पावरको समेत लगानी छ ।

     

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १४:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij