Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अरुण भ्यालीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

अरुण भ्यालीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन


  • 4.6K
    Shares

    अरुण भ्यालीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन
    images

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार रहेको छ । असोज १० आइतबार कायम शेयरधनीले लाभांश कम्पनीको लाभांश पाउनेछन् ।

    कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज १० गते आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

    कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।

    कम्पनीले सभा बिहान ११ बजे थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १४:२०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij