Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रभु बैंक र नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम, कुनको कति ?

प्रभु बैंक र नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम, कुनको कति ?


  • 5.5K
    Shares

    प्रभु बैंक र नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम, कुनको कति ?
    images

    काठमाडौं । प्रभु बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    प्रभु बैंक लिमिटेड
    प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक समूहको सेयर भदौ ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य २ सय ५ रूपैयाँ तोकिएको छ । 

    लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  

    त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड 
    क्यापिटलले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय २१ रूपैयाँ तोकिएको छ । 

    लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  

    त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - ११:२२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij