Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्दै, यी हुन् हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरु

नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्दै, यी हुन् हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरु


  • 8.5K
    Shares

    नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्दै, यी हुन् हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरु
    images

    काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। आर्थिक वर्ष सकिएसँगै गत वर्षको कमाइबाट कम्पनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा शुरु गरेका हुन्।

    गत आर्थिक वर्षको कमाइबाट लाभांश घोषणा गर्नेमा धेरै हाइड्रोपावर कम्पनीहरु छन्। हालसम्म डेढ दर्जन कम्पनीले लाभांश घोषणा गरेकोमा ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन् भने ५ वटा लघुवित्त, २ वाणिज्य बैंक र नेपाल इफ्रास्ट्रक्चर बैंक कम्पनी रहेका छन् ।

    आज (असोज ६ गते बुधबार) सानिमा र माछापुच्छ्रे बैंकले बुधबार लाभांश घोषणा गरेका छन् । अब अरु वाणिज्य बैंक, विकास बैंक लगायतका संस्थाहरुले पनि लाभांश प्रस्ताव गर्न थाल्नेछन् । यस्तै, माइक्रोफाइनान्स, बिमा लगायत अरु क्षेत्रका सूचीकृत कम्पनीहरुले पनि धमाधम लाभांश प्रस्ताव गर्न थाल्नेछन् । यसकारण अब लाभांशको सिजन सुरु भएको छ । यतिबेला शेयरधनी बन्नेले अब छोटो समयमै लाभांश हात पार्न सक्नेछन् ।

    अघिल्ला वर्षहरुमा केही सूचीकृत कम्पनीहरुले दशैं अगाडि नै लाभांश घोषणा गरेर साधारण सभासमेत सम्पन्न गरिसक्दथे ।

    तर, गत वर्षदेखि दशैं अगाडि नै साधारण सभा गरेर लाभांश वितरण गर्न भने केही गाह्रो पर्ने देखिएको छ । तथापि, घोषणा गर्नेक्रम सुरु भएकाले अब धमाधम साधारण सभाको मिति तय हुने अपेक्षा गर्न सकिन्छ ।

    यी हुन् हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरु :

    com.jpg

    प्रकाशित मिति :आश्विन ७ २०७८ बिहिवार - १४:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij