Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेकपा (एस)ले टुंग्यायो पदाधिकारी : चार उपाध्यक्षसहित महासचिवमा भुसाल चयन (सूचीसहित)

नेकपा (एस)ले टुंग्यायो पदाधिकारी : चार उपाध्यक्षसहित महासचिवमा भुसाल चयन (सूचीसहित)


  • 6.7K
    Shares

    नेकपा (एस)ले टुंग्यायो पदाधिकारी : चार उपाध्यक्षसहित महासचिवमा भुसाल चयन (सूचीसहित)
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा‍ बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

    सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए । नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् ।

    त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् । र, पोलिटव्युरो पनि आजै घोषणा हुने प्रस्तावित महासचिव बेदुराम भुसालले जानकारी दिए । त्यस्तै केन्द्रीय कमिटी विस्तार र कार्यविभाजन पनि आजै हुने भुसालले बताए ।

    प्रकाशित मिति :आश्विन ७ २०७८ बिहिवार - ११:५०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij