२०८२ मंसिर १२ गते शुक्रवार
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्दैछ । हिजोसम्मका लागि तय भएको बैठक आज बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको थियो ।
केन्द्रीय कमिटी बैठकमा विभिन्न एजेण्डामाथि छलफल हुँदैछ । आजको बैठकले महासचिवको टुंगो लगाउने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
एकीकृत समाजवादीको बैठक मंगलबारदेखि राजधानीमा जारी छ । बैठक सुरु भएकै दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि विभिन्न छ समूहमा रहेर छलफल जारी छ । आजको बैठकपछि पार्टीको स्थायी कमिटी र पोलिटब्युरो सदस्यसमेत टुंगो लगाउने तयारी भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij