२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शुरू भएको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारी नेताहरू बैठकमा छन् ।
हालसम्म वडा अधिवेशन भएका र हुन बाँकी सबै जिल्लामा एकसाथ पालिकास्तरीय अधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका संशोधन गर्नेबारे बैठकमा छलफल हुँदैछ ।
बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । कांग्रेसको यो बैठकमा गैरआवासीय नेपालीको महाधिवेशनका बारेमा समेत छलफल हुने भएको छ । संघको चुनावमा कांग्रेसले समर्थन गर्ने उम्मेदवार तय गर्ने विषयलाई पनि एजेण्डा बनाइएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij