Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सत्तारुढ गठबन्धनको बैठक ५ बजे, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छ्लफल हुने

सत्तारुढ गठबन्धनको बैठक ५ बजे, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छ्लफल हुने


  • 4.0K
    Shares

    सत्तारुढ गठबन्धनको बैठक ५ बजे,  मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छ्लफल हुने
    images

    काठमाडौं । सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

    मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो । उक्त बैठकमा माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए ।

    सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने काँग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।

    यता गठबन्धन घटक नेकपा एकीकृतको केन्द्रीय समिति बैठक पनि जारी छ । काँग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकेर गठबन्धनको बैठक बस्न लागेको हो । 

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १६:०३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij