२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । बुधवार बजार खुलेको सवाँ दुई घण्टाको अवधिमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०५ दशमलव ६० अंक अर्थात् ३ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ ।
परिसूचक २ हजार ८१७ दशमलव ६६ विन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनीमध्ये ९ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
गुहेश्वरी मर्चेण्ट एण्ड फाइनानस, मल्टीपर्पस फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी, ग्रीन डेभलपमेण्ट बैंक, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, युनाइटेड इदी मार्दी र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएको छ ।
त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको छ । बजार बढेसँगै यी कम्पनीका शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij