Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१३ अंकले बढ्यो नेप्से : सात अर्ब ३६ करोडको कारोबार, दिनभर उतारचढाव

१३ अंकले बढ्यो नेप्से : सात अर्ब ३६ करोडको कारोबार, दिनभर उतारचढाव


  • 5.4K
    Shares

    १३ अंकले बढ्यो नेप्से : सात अर्ब ३६ करोडको  कारोबार, दिनभर उतारचढाव
    images

    काठमाण्डौ । लगातार चार दिनसम्म घटेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार भने बढेको छ । नेप्से आज १३ दशमलव ८३ अङ्कले बढेर दुई हजार सात सय १२ दशमलव शून्य सात विन्दुमा पुगेको छ । 

    आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ । आज दिनभर नेप्सेमा उतारचढाव रह्यो ।

    कारोबार सुरु भएको २७ मिनेटमा नै नेप्से ८२ अङ्कले घटेर २६ सय १६ विन्दुमा झरेको थियो । तर एकै छिनमा अर्थात् ११ बजेर ५७ मिनेटमा ६८ अङ्कले बढेको नेप्से फेरि ३१ अङ्कले ओरालो लाग्यो । त्यसपछि बिस्तारै उकालो लाग्न थालेको नेप्से बन्द हुने बेलामा भने झन्डै १४ अङ्कले बढेको हो ।

    आज कारोबार रकम पनि बढेको छ । दुई सय २३ कम्पनीका एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २५ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज मनकामना स्मार्ट लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । एक्सेल विकास बैंक र जानकी फाइनान्सको शेयर भने साढे तीन प्रतिशतले घटेको छ । 

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - १५:२४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij