२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसाभित्र रहेर हुनेछ । एमकेजेसी संकेतमा यसको कारोबार खुला हुनेछ ।
मैलुङको चुक्ता पुँजीका आधारमा कायम कुल ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकरण गरिएको हो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij