Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भोली ७० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन हुने, कस्तो छ कम्पनीको बित्तिय अबस्था ?

भोली ७० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन हुने, कस्तो छ कम्पनीको बित्तिय अबस्था ?


  • 5.5K
    Shares

    भोली ७० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन हुने, कस्तो छ कम्पनीको बित्तिय अबस्था ?
    images

    साहस उर्जा लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि भोलि असोज ६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। 

    कम्पनीले ७० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता निष्कासन गर्नेछ।

    कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

    यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। 

    यस आईपीओको निष्कासन बन्द छिटोमा असोज १० गते र ढिलोमा असोज २० गते बैंकिङ समयपछि हुनेछ। 

    कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ। 

    कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

    यो कम्पनीले ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ। 

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - १२:४५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij