Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाली राष्ट्रिय क्रिकेट टोली भोली स्वदेश फर्किने

नेपाली राष्ट्रिय क्रिकेट टोली भोली स्वदेश फर्किने


  • 8.1K
    Shares

    • images
    नेपाली राष्ट्रिय क्रिकेट टोली भोली स्वदेश फर्किने
    images

    काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्न ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि (मंगलबार) बिहान नेपाल आईपुग्ने भएको छ । नेपाली टोली बिहान ७ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने बताइएको छ ।

    लिग–२ अन्तरगतको त्रिकोणात्मक एकदिवसीय सिरिजको ४ खेलमा नेपालले दूई जित निकाल्यो भने दुई हार ब्योहोयो । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

    त्यसैगरी, आइतबार भएको चौंथो खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो । यो जित नेपालले एक दिवसीय अन्तराष्ट्रियमा ओमानमाथीको पहिलो जित हो ।

    ओमानलाई हराएपछि नेपालले ८ खेलमा ८ अंक जोड्दै लिग–२ को चौंथो स्थानमा उक्लिएको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । साथै अमेरिका १५ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १६:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij