Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई कान्तिपुर अस्पतालमा विशेष छुटको व्यवस्था

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई कान्तिपुर अस्पतालमा विशेष छुटको व्यवस्था


  • 6.0K
    Shares

    मेगा बैंकका कार्ड प्रयोगकर्तालाई कान्तिपुर अस्पतालमा विशेष छुटको  व्यवस्था

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले कान्तिपुर अस्पतालको जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    एम्बुलेन्स सेवा भने निःशुल्क पाउनेछन् । आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

    मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको हो ।

    मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको बैंकले जनाएको छ ।

    बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौं उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसंगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - १४:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij