Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

सुटिङकै क्रममा कलाकार रमेश केसी ‘मट्टारे’को निधन, आजै अन्त्येष्टि गरिने

सुटिङकै क्रममा कलाकार रमेश केसी ‘मट्टारे’को निधन, आजै अन्त्येष्टि गरिने


  • 10.7K
    Shares

    सुटिङकै क्रममा कलाकार रमेश केसी ‘मट्टारे’को निधन, आजै अन्त्येष्टि गरिने
    images

    काठमाडौं । कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए ।

    ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो । तर बचाउन सकिएन ।’

    छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ । उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए । लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए ।

    उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ । 

    रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - १४:२९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij