Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पछिल्लो २४ घण्टामा थपिए ११ सय ६५ कोरोना संक्रमित, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ११ सय ६५ कोरोना संक्रमित, ११ जनाको मृत्यु


  • 6.1K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ११ सय ६५ कोरोना संक्रमित, ११ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण भएको छ।

    त्यस्तै, एक हजार ६८९ संक्रमित निको भएका छन्। 

    संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ। 

    हाल सक्रिय संक्रमित २५ हजार ७७२ छन्।

    यस्तै, काठमाडौं उपत्यकामा थप ४३० कोरोना संक्रमित थपिएका छन्। 

    काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - १६:५७:३५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij