२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
बा३५प ५२५० नम्बरको मोटरसाइकल हिजो साँझ करिब साढे ६ बजे बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका तारकेश्वर नगरपालिका–८, गैरीगाउँका ३० वर्षीय सुरेश लामाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij