Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?


  • 7.0K
    Shares

    राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

    काठमाडौं ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र बैंक कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले यक्त ब्याजदर आज सार्वजनिक गरेका हुन् । 

    बैंकिङ्ग प्रणालीमा देखिएको तरलता अभावको कारण वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर असोज १ देखि लागू हुनेछ । 

    राष्ट्रिय वाणिज्य बैंक
    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको आधारदर ५.४१ प्रतिशत छ ।

    कृषि विकास बैंक
    कृषि विकास बैंकले साधारण बचतमा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दती निक्षेपमा ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको असार मसान्तसम्मको आधारदर ७.१३ प्रतिशत छ ।

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - ११:१२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij