२०८२ भाद्र २ गते सोमवार
सिरहा । सिरहा प्रहरीले पाँच केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला खुटोनाका रवी महतो र पिन्टु महतो सिरहाको ठाडी नाकाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा छन् । प्रहरी स्रोतका अनुसार उनीहरू लहानका सुनचाँदी व्यावसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij