Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जुवाको खालबाट आठ पक्राउ

जुवाको खालबाट आठ पक्राउ


  • 5.9K
    Shares

    जुवाको खालबाट आठ पक्राउ

    काठमाडौँ- इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।

    खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जारी गरेको सूचनामा उल्लेख छ ।

    उनीहरुको साथबाट एक बुक ताससमेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

    पक्राउ पर्नेमा ४१ वर्षीय घर धनी श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका–६ का ३९ वर्षीय सुदिप गिरी, वर्ष २८ का दिपेश बर्तौला, राप्ती ३ का ३६ वर्षीय चुडामणि थपलिया, राप्ती ४ का ६८ वर्षीय केशवप्रसाद तिमिल्सिना र वडा नं ५ का ३५ वर्षीय सुदन धरेल रहेका छन् ।

    उनीहरुलाई मुलुकी आपाराधिसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिकहित स्वास्थ्यसुरक्षा र नैतिकता विरुद्धको कसूर अन्तर्गत दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने ऐन अनुसार कारवाही हुने उनले जानकारी दिए । उनीहरुलाई तीन महिना कैद वा रु ३० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - १६:३७:४३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij