२०८२ भाद्र १० गते मंगलवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्ने भएको छ। मन्त्रालयले जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्नका लागि कार्यविधि नै ल्याएको छ।
कार्यविधिअनुसार कोभिड–१९ प्रतिकार्यका लागि देशभरका स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक नियुक्त गर्न लागिएको हो। काठमाडौं महानगरपालिकामा ७, अन्य महानगरपालिकामा ५, उपमहानगरपालिकामा ३, नगरपालिकामा २ र गाँउपालिकामा १ जनाका दरले सबै स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक नियुक्त हुनेछन्। जनस्वास्थ्य निरीक्षकका लागि न्यूनतम योग्यता जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछछ। कार्य अवधि १ वर्ष हुनेछ।
जनस्वास्थ्य निरीक्षकको तलबसुविधा अधिकृत सातौं तहको बराबर हुनेछ भने ६ महिनाका लागि ५० प्रतिशत थप जोखिम भत्तासमेत उपलब्ध हुनेछ। जसअनुसार तलब ३७ हजार ८७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता गरी मासिक ५६ हजार ८०५ रुपैयाँ तोकिएको छ।
यसअघि ल्याइएको कार्यविधिमा संशोधन गर्दै सरकारले कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि (पहिलो संशोधन) २०७८ ल्याएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij