२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरपालिका–८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहनासहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोध राज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी रहेका छन्।
श्री एयरलाइन्सको उडानद्वारा बिराटनगर जान लागेका उनीहरुलाई उक्त व्यागेज एरियामा खटिएको प्रहरीले एक्सरे मेशिनमा जाँच गर्ने क्रममा भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका विभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना आवश्यक प्रकृया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई बरामद सुनसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij