Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एक लाख ४४ हजार नगदसहित चितवनबाट आठ जुवाडे पक्राउ

एक लाख ४४ हजार नगदसहित चितवनबाट आठ जुवाडे पक्राउ


  • 5.2K
    Shares

    एक लाख ४४ हजार नगदसहित चितवनबाट आठ जुवाडे पक्राउ

    चितवन । चितवनको खैरहनीमा एक लाख ४४ हजार रुपैयाँ नगदसहित आठ जुवाडे पक्राउ परेका छन ।

    पक्राउ पर्नेमा खैरहनी नगरपालिका–८ का कृष्ण श्रेष्ठ र विष्णु सुनार,  खैरहनी–६ का नवीन बस्नेत छन् । यस्तै, राप्ती नगरपालिका–६ का सुदीप गिरी, दीपेश बर्तौला, चूडामणि थपलिया, राप्ती–४ का केशवप्रसाद तिमिल्सिना र राप्ती–५ सुदन धरेल पनि पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी–८, लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा  खटिएको प्रहरी टोलीले मंगलबार साँझ श्रेष्ठसमेत आठजनालाई नियन्त्रणमा लिएको हो ।

    उनीहरूको साथबाट एक लाख ४४ हजार १७० रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - ११:५४:४५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij