२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भोलिबाट मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्रीमा आउने भएको छ ।
मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्रीमा आउने भएको हो ।
जसमध्ये, मञ्जुश्री फाइनान्सको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ र ज्योति विकास बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ तोकिएको छ ।
लगानीकर्ताहरुले दुवै कम्पनीको सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij