२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन् ।
बबईबाट छिन्चुतर्फ जाँदै गरेको ना७ख ६३६५ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–०० ख २५०६ नम्बरको ट्रक गए राति करिब पौने ११ बजे आपसमा ठोक्किएका थिए ।
दुवै सवारीसाधनसहित चालकलाई अस्थायी प्रहरी पोस्ट बबईले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij