२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार २५३ पुगेको छ ।
आज देशभर २४ हजार ६९० जना होम आइसोलेसनमा, १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा, ४५३ जना आईसीयू तथा १३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij