२०८२ भाद्र २ गते सोमवार
पछिल्लो २४ घन्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमूना परीक्षणमध्ये एक हजार १८० पीसीआर र ३८२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ६६ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ९८४ पुगेको छ ।
मन्त्रालयका अनुसार थप एक हजार ५८९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ ।
हाल मुलुकभर २६ हजार २०२ सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij