Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१२५ सीसीको मोटरसाइकलकै १५ हजार रुपैयाँ तिर्नुपर्ने गरि मोटरसाइकलमा बढ्यो कर,अरुमा कति ?

१२५ सीसीको मोटरसाइकलकै १५ हजार रुपैयाँ तिर्नुपर्ने गरि मोटरसाइकलमा बढ्यो कर,अरुमा कति ?


  • 6.3K
    Shares

    १२५ सीसीको मोटरसाइकलकै १५ हजार रुपैयाँ तिर्नुपर्ने गरि मोटरसाइकलमा बढ्यो कर,अरुमा कति ?
    images

    दसैँको छुटमा मोटरसाइकल किन्ने सोच बनाएका हेमराज निरौला सरकारले प्रतिस्थापन विधेयक ल्याएर अन्तःशुल्क र सडक निर्माण दस्तुर बढाएपछि आक्रोशित भएका छन् ।

    ‘धेरै सीसीका मोटरसाइकलमा कर बढ्नु त ठीकै हो । तर, हामीजस्ता मध्यमवर्गीयले चढ्ने मोटरसाइकलको कर दसैँकै मुखैमा आएर थपेको उचित लागेन । पुरानै मोटरसाइकलले काम चलाऊँ कि भन्ने सोचमा छु,’ उनले दु:खेसो पोखे । 

    उनी त प्रतिनिधि पात्र मात्रै हुन् । सबैजसो सवारीसाधन बिक्रेताले दसैँ/तिहारको अवसर पारेर विभिन्न छुट तथा अफर ल्याउने हुँदा धेरैले सवारीसाधन खरिद गर्न यही समय रोज्ने गरेका छन् ।

    सरकारले ल्याएको प्रतिस्थापन विधेयकले नेपालमै एसेम्बल गर्ने दुईपाङ्ग्रेको अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट त दियो तर मध्यम वर्गीयले चढ्ने थोरै सीसीका मोटरसाइकलको पनि अन्तःशुल्क १० प्रतिशत बढाएको छ । 

    विधेयकले १ सय २५ देखि १ सय ५५ सीसीसम्मको मोटरसाइकल तथा स्कुटरको अन्त:शुल्क ४० देखि ५० प्रतिशत बनाएको छ । त्यस्तै, २ सयदेखि २ सय ५० सम्मका मोटरसाइकल तथा स्कुटरको ५० बाट ६० प्रतिशत पुुर्‍याएको छ ।

    यति मात्र नभई विधेयकले सडक निर्माण दस्तुर पनि बढाएको छ । यसअघि १ सय ५५ सीसीसम्मका दुुईपाङ्ग्रे सवारीसाधनमा १५ हजार रुपैयाँ, १५५ देखि २५० सीसीसम्म १८ हजार रुपैयाँ, २५० देखि ४०० सीसीससम्म ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका दुुईपाङ्ग्रे सवारीसाधनमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्थ्यो ।

    यो विधेयकले १२५ सीसीसम्मका दुुईपाङ्ग्रे सवारीसाधनलाई १५ हजार रुपैयाँ, १२५ देखि २५० सीसीसम्मलाई १८ हजार रुपैयाँ, २५० देखि ४०० सीसीसम्मलाई ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरेको छ ।

    १ सय २५ देखि २ सय ५० सीसीसम्मका मोटरसाइकल र स्कुटरमा बढेको अन्तःशुल्क र सडक निर्माण दस्तुरले उपभोक्तामाथि १५ देखि २० हजारसम्म आर्थिक भार थपिने व्यापारीहरू बताउँछन् । 

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १४:१२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij