Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विकास बैंकहरूले बढाए व्यापार : ७३ करोड निक्षेप संकलन गर्दा ३ अर्ब १४ करोडले कर्जा बढाए

विकास बैंकहरूले बढाए व्यापार : ७३ करोड निक्षेप संकलन गर्दा ३ अर्ब १४ करोडले कर्जा बढाए


  • 8.5K
    Shares

    विकास बैंकहरूले बढाए व्यापार : ७३ करोड निक्षेप संकलन गर्दा ३ अर्ब १४ करोडले कर्जा बढाए

    काठमाडौं । विकास बैंकहरुले एक सातामा ७३ करोड निक्षेप संकलन गर्दा ३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका छन् ।

    भदौ १९ गतेसम्म विकास बैंकहरुले ४ खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

    भदौ २५ गतेसम्म विकास बैंकहरुले ४ खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

    जुन अघिल्लो साताको तुलनामा निक्षेप ७३ करोड १४ लाख रुपैयाँ र कर्जा प्रवाह ३ अर्र्ब १४ करोड ९९ लाख रुपैयाँ थप हो ।

    हाल ८ वटा राष्ट्रियस्तर र १० वटा क्षेत्रियस्तरका गरी १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । संघद्वारा उपलब्ध तथ्यांकमा कर्पोरेट डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्यांक समावेश गरिएको छैन ।

    राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले भदौ १९ गतेसम्म ४ खर्ब १६ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६५ अर्ब ९१ करोड ३३ लाखा रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

    एक सातापछि अर्थात् भदौ २५ गतेसम्म आइपुग्दा यी विकास बैंकहरुले निक्षेप संकलन ०।२४ प्रतिशत र कर्जा प्रवाह ०।७९ प्रतिशतले बढाएका डेभलपमेन्ट बैंकर्स संघको तथ्यांकले देखाएको छ । एक सातामै ९८ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन थप गर्दा कर्जा प्रवाह भने २ अर्ब ८९ करोड १६ लाख रुपैयाँले थप गरेका हुन् ।

    यस्तै, क्षेत्रियस्तरका विकास बैंकहरुमा साहारा विकास बैंक र साल्पा विकास बैंक बाहेक ७ वटा विकास बैंकहरुले भदौ २५ गतेसम्म ७१ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एक सातामा क्षेत्रियस्तरका विकास बैंकहरुको निक्षेप २५ करोड ७ लाख रुपैयाँले घट्दा कर्जा प्रवाह भने २५ करोड ८२ लाख रुपैयाँले थप भएको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १३:४३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij