Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सात हजारले दिए इजरायल जान भाषिक परीक्षा, रिजल्ट कहिले सार्वजनिक हुन्छ ?

सात हजारले दिए इजरायल जान भाषिक परीक्षा, रिजल्ट कहिले सार्वजनिक हुन्छ ?


  • 8.1K
    Shares

    सात हजारले दिए इजरायल जान भाषिक परीक्षा, रिजल्ट कहिले सार्वजनिक हुन्छ ?

    काठमाडौ ।  केयरगिभरका रूपमा इजरायलमा रोजगारीका लागि जान ७ हजार बढीले भाषिक परीक्षा दिएका छन् । 

    सोमबार भएको परीक्षामा सात हजार सात जना सहभागी भएका थिए । सरकारी पहलमा इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि अँग्रेजी भाषाको परीक्षा लिइएको हो । 

    वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका लागि आवेदन दिएका नौ हजार ६९९ मध्येबाट भाषा परीक्षामा सात हजार सात जना सहभागी भएका छन् । 

    विभागका निर्देशक एवं प्रवक्ता कमल ज्ञवालीले परीक्षाफल छिटोमा दुुई दिन र बढीमा तीनरचार दिनभित्रमा सार्वजनिक हुने जानकारी दिए। उत्तरपुस्तिकाको जाँच कम्प्युटर प्रणालीबाट गरिने जनाइएको छ ।

    निर्देशक ज्ञवालीका अनुसार उत्तीर्ण भएका परीक्षार्थीले ल्याएको अङ्कका आधारमा एक हजार ६८० जना छनोट गरिनेछ । जसमा इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुुरुष हुनेछन् ।

    विभागले भाषा, लिखित परीक्षा र शारीरिक परीक्षणपछि विभागले एक हजार ४०० जनालाई छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । विभागले पठाएको नामावलीका आधारमा दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रमिक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्नेछ ।

    विभागका अनुसार इजरायलमा रोजगारीका लागि छनोट भएर गएका श्रमिकको मासिक तलब नेपाली विनिमयअनुसार करिब दुई लाख रुपियाँ हुनेछ । सो तलब सातामा ४२ घण्टाको हिसाबमा हुन्छ ।

     

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १२:२२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij