Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बैंकिङ कसुर मुद्दामा ३० लाख जरिवाना फैसला सुनाइएका एक अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा ३० लाख जरिवाना फैसला सुनाइएका एक अभियुक्त पक्राउ


  • 6.2K
    Shares

    बैंकिङ कसुर मुद्दामा ३० लाख जरिवाना फैसला सुनाइएका एक अभियुक्त पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३० लाख जरिवाना र सात दिन कैद फैसला सुनाइएका एक जना अभियुक्त पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की रहेका छन् ।

    अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दीपकलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो ।

    दीपकलाई उच्च अदालत पाटनले ०७६ साल फागुन १८ गते बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमान र ७ दिन कैद फैसला सुनाएको थियो ।

    उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १२:११:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij