२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कृषि विकास बैंकको ६ अर्ब बराबरको ऋणपत्र बाँडफाँट भएको छ ।
कम्पनीले रू १ हजार प्रति ऋणपत्रका दरले ६ अर्ब बराबरको ६० लाख कित्ता ऋणपत्र भदौ ८ गतेदेखि २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट निष्कासन गरेको थियो ।
सो अवधिभित्र रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु कम्पनीको सञ्चालक समितिले ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र भदौ २५ गते बाँडफाँट गरेको जानकारी दिएको छ । कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij