२०८२ माघ ७ गते बुधवार
काठमाडौं । चीनबाट यही साताभित्र थप ४४ लाख मात्रा भेरोसेल खोप आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले थप खोप आइपुग्ने जानकारी दिए। सरकारले चीनसँग खरिद गरेकोमध्ये ४४ लाख मात्रा भेरोसेल खोप आइपुग्ने उनले बताए।
सचिव पोखरेलले ढिलोमा शुक्रबारसम्म भेरोसेल खोप आइसक्ने जानकारी गराए । थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि आउने उनको भनाई छ । सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आइसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij