Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैतडीमा गुडिरहेको बसमाथि ढुंगा खस्दा एकजनाको मृत्यु, तीन घाइते

बैतडीमा गुडिरहेको बसमाथि ढुंगा खस्दा एकजनाको मृत्यु, तीन घाइते


  • 5.3K
    Shares

    बैतडीमा गुडिरहेको बसमाथि ढुंगा खस्दा एकजनाको मृत्यु, तीन घाइते

    बैतडी : जयपृथ्वी राजमार्गमा गुडिरहेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा बसमा सवार एकजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

    पाटन नगरपालिका-८ को झौलेक नजिक सोमबार राति करिब साढे २ बजे कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नम्बरको बसमा माथिबाट खसेको ढुंगाले लागेको हो। ढुंगाले लागेर बझाङको थलारा गाउँपालिका-५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। 

    यस्तै‚ ढुंगा लागेर जयपृथ्वी नगरपालिका-११ का ४० वर्षीय हरिप्रसाद जोशी‚ ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका-४ का २८ वर्षीय माधव भट्ट घाइते भएको खड्काले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ। शव घटनास्थलमै रहेको छ।

    बसमा सवार अन्य यात्रुहरु सुरक्षित रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। घटनापछि राजमार्ग केही घण्टा अवरुद्ध भए पनि अहिले सञ्चालनमा आएको प्रहरीले बताएको छ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १०:३४:४२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij