Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गैडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

गैडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते


  • 4.5K
    Shares

    गैडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

    नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन् ।

    गैँडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा तीन जनाको मृत्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

    बिहान ४ वजे भएको सो दुर्घटनामा परि २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

    मृतकहरुको परिचय खुल्न सकेको छैन । दुर्घटनामा परि घाईते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । अन्य घाईतेहरुको सोहि अस्पतालमा उपचार भैरहेको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १०:३०:०३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij