२०८२ भाद्र १ गते आइतवार
साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको रियाद सहरमा रहेको amana technology factory for electrical industries कम्पनीले ९५ जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि देख ५६ माथि पाउनेछन् । इच्छुक कामदारले work force services pvt. ltd. को कार्यालय सिनामंगल काठमाडौंमा असोज ३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij