Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दिउँसो साढे ३ बजे पुनः बस्नेगरी एमाले स्थायी कमिटी बैठक स्थगित

दिउँसो साढे ३ बजे पुनः बस्नेगरी एमाले स्थायी कमिटी बैठक स्थगित


  • 5.7K
    Shares

    दिउँसो साढे ३ बजे पुनः बस्नेगरी एमाले स्थायी कमिटी बैठक स्थगित

    नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बसेको बैठक आजै दिउँसो साढे ३ बजे बस्नेगरी स्थगित भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

    बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) बारे छलफल भएको उनले जानकारी दिए। यसबारे छलफल चलिरहेको र अबको बैठकमा निष्कर्ष निकाल्ने उनले बताए। 

    यस्तै राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि पनि छलफल हुने उनले जनाए। स्थायी कमिटीले पारित गरेपछि उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने र केन्द्रीय कमिटीमा पनि पारित भएपछि विधान महाधिवेशनमा प्रतिवेदन पेस गरिने उनले जानकारी दिए।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १४:२१:५९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij