Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सामूहिक हत्यामा संलग्न भएको आरोपमा घटनास्थलबाट एक आफन्त पक्राउ

सामूहिक हत्यामा संलग्न भएको आरोपमा घटनास्थलबाट एक आफन्त पक्राउ


  • 5.7K
    Shares

    सामूहिक हत्यामा संलग्न भएको आरोपमा घटनास्थलबाट एक आफन्त पक्राउ

    संखुवासभा :  मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    हत्यामा संलग्ग्न भएको आरोपमा मादी-१ उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। उनी हत्या गरिएका तेजबहादुर कार्कीका भतिजा पर्छन्। घटनाबारे थप जानकारी आइतबार पत्रकार सम्मेलन गरेर दिइने डिएसपी सुवेदीले बताए। 

    गत सोमबार उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आामा ८४ वर्षीया पार्वती, श्रीमती ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो।

    घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल आइपुगेको थियो। घटनामा संम्लग्न भएको आरोपमा कार्की परिवारकै आफन्त भएको डिएसपी सुवेदीले जानकारी बताए।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १२:४१:०० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij